पाल्पाको बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ।
नयाँ वर्ष मनाउन नदी किनार पुगेका बेला पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए। खोजीपछि २९ वर्षीय शिक्षक तोयानाथ बस्याल र ३९ वर्षीय शरण भुसालको शव अलग–अलग स्थानमा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरेको थियो। प्रहरीले नदी तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ।


