एजेन्सी — इरानी क्षेप्यास्त्र आक्रमणपछि इजरायलभरका सबै विद्यालय बन्द गरिएको छ। डिमोना र अराद क्षेत्रमा आक्रमण भएपछि होम फ्रन्ट कमान्डको सल्लाहमा शिक्षामन्त्री योव किश ले भौतिक कक्षाहरू स्थगित गर्ने निर्णय गरेका हुन्।
यस अवधिमा देशभर अनलाइन कक्षाहरू मात्र सञ्चालन हुनेछन्। आक्रमणमा अरादमा ठूलो क्षति भएको छ र ८८ जना घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ।


