Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ह्वाट्सएपमा नयाँ ‘आफ्टर रिडिङ’ सुविधा आउँदै

ह्वाट्सएपमा नयाँ ‘आफ्टर रिडिङ’ सुविधा आउँदै

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप ले टेक्स्ट मेसेज पढिएपछि आफैं डिलिट हुने नयाँ ‘आफ्टर रिडिङ’ सुविधा ल्याउने तयारी गरेको छ।

यो फिचर पहिले फोटो/भिडियोमा मात्र उपलब्ध ‘भ्यू वन्स’ जस्तो हुनेछ, जसमा मेसेज एकपटक पढिएपछि तुरुन्तै च्याटबाट हट्नेछ। हाल यो सुविधा एन्ड्रोइड बीटा संस्करणमा परीक्षण भइरहेको छ।

साथै, यसले ओटीपी, पासवर्ड र अन्य संवेदनशील जानकारी सुरक्षित रूपमा पठाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। मेटा प्लाटफर्मले आइफोन प्रयोगकर्ताका लागि च्याट अनुवाद सुविधा पनि परीक्षण गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *