Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ पर्सि सर्‍यो

रवि लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ पर्सि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सुनुवाइ पर्सिका लागि सारिएको छ।
सर्वोच्च अदालतमा आज पनि मुद्दा ‘हेर्दाहेर्दै’मा रह्यो। निवेदक पक्षको बहस सकिएको छ भने सरकारी वकिल र प्रतिवादी पक्षको बहस अझै बाँकी रहेको छ।
यो मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *