Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रौतहटमा मिटरब्याज पीडित फेरि आन्दोलनमा

रौतहटमा मिटरब्याज पीडित फेरि आन्दोलनमा

रौतहट — मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित नागरिकहरू न्याय नपाएको गुनासो गर्दै पुनः सडक आन्दोलनमा उत्रिएका छन्। उनीहरूले साहू–महाजनको ज्यादती, धम्की र तमसुक फिर्ता नदिने समस्यामा प्रहरी, प्रशासन र अदालतबाट समेत सहयोग नपाएको आरोप लगाएका छन्।

चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले आर्थिक मात्र नभई सामाजिक रूपमा पनि ठूलो असर परेको बताएका छन्। चन्द्रपुर–४ का एक पीडितले ५ लाख ऋण लिएर २७ लाखसम्म तिर्दा पनि कागज फिर्ता नपाएको गुनासो गरे।

पीडितहरूले यस्ता मिटरब्याजीविरुद्ध कडा कारबाही र न्यायको माग गर्दै संघर्ष जारी राख्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *