Friday, June 05, 2026
Home > मुख्य समाचार > इनिशा बलात्कार र हत्या प्रकरणमा प्रहरी प्रतिवेदन, मुख्य आरोपीलाई जन्मकैदको माग

इनिशा बलात्कार र हत्या प्रकरणमा प्रहरी प्रतिवेदन, मुख्य आरोपीलाई जन्मकैदको माग

सुर्खेत, चैत ११ – सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। प्रमुख आरोपीलाई जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जन्मकैदको माग गरिएको छ। अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी मुद्दा चलाउन माग गरिएको छ।

पोष्टमर्टम रिपोर्ट अनुसार, बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार, रिपोर्टहरू अझै पूर्ण नभएको कारण केही अनुसन्धानका नमूना विदेशमा पठाइएका छन्।

हाल इनिशाको शव १९ दिनदेखि अस्पतालमै राखिएको छ, जबकि परिवारले शव बुझ्न अस्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *