Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन शाहको बयान: राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पारेको बताए

बालेन शाहको बयान: राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पारेको बताए

काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाहले २३ भदौको र्यालीमा आफू आन्दोलनमा नभएको स्पष्ट पार्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलन शान्त पार्न भूमिका खेलेको बताएका छन्।

जाँचबुझ आयोगलाई दिएको बयानमा उनले २४ भदौको आगजनी नियन्त्रणका लागि महानगरको दमकलले समयमै पहल गरेको र महानगरभित्रका संरचनामा पनि दमकलले नियन्त्रण गरेको उल्लेख गरे। शाहले तत्कालीन सरकारलाई अपराध र आतंकवादी क्रियाकलाप गरेको आरोप पनि लगाएका छन्।

आन्दोलनको बीचमा उनले सामाजिक सञ्जालमा विरोधस्वरूप मेटाफोरका रूपमा अभिव्यक्ति दिएको बताएका शाहले, घाइते र मृतकका परिवारलाई सहयोग पुर्याउन महानगर प्रहरी र अन्य विभागसँग समन्वय गरेर तत्कालै सहायता प्रदान गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *