काठमाडौँ – भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। निजी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने सरकारी–सार्वजनिक र सामुदायिक क्षेत्रमा पनि ठूलो नोक्सानी भएको छ।
आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ३४२ हतियार र १ लाख १८ हजार ५२५ गोली लुटिएका थिए। हालसम्म ७४५ हतियार मात्र फिर्ता भएका छन्। आयोगले लुटिएका हतियार फिर्ता गर्न कानुनी प्रावधान सुधार गर्न सुझाव दिएको छ।


