काठमाडौँ। पद तथा गोपनीयताको शपथपछि नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ।
सभामा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा विशेष निर्देशन दिनेछन्। हालैको चुनावमा एमालेबाट २५ जना सांसद निर्वाचित भएका छन्।


