Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > सुधन गुरुङले गृहमन्त्री बन्ने हल्ला खारेज गरे

सुधन गुरुङले गृहमन्त्री बन्ने हल्ला खारेज गरे

काठमाडौँ – रास्वपा सांसद सुधन गुरुङले मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्। सपथग्रहण अघि सञ्चारकर्मीको प्रश्नमा उनले भने, “म मन्त्री बन्ने दौडमा पहिले पनि थिइनँ, अहिले पनि छैन। पार्टीले योग्य ठाने दिनुहुन्छ, नदिए पनि आफ्नो कर्तव्य पालना गर्छु।”

गुरुङले नयाँ सरकारले जेनजी मुद्दा अघि बढाउने र कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा प्रकाशन हुने बताए। सञ्चारमाध्यमलाई प्रतिवेदनलाई तथ्यपूर्ण र सकारात्मक दृष्टिले रिपोर्ट गर्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *