Friday, June 05, 2026
Home > मुख्य समाचार > अर्थमन्त्री वाग्लेले १५ ऐन खारेज, सुधारको अभियान सुरु

अर्थमन्त्री वाग्लेले १५ ऐन खारेज, सुधारको अभियान सुरु

काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा ऐन खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

उहाँले पाँच दिनभित्र आर्थिक स्थितिपत्र तयार गर्ने र १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाउने योजना सार्वजनिक गरेका छन्। निजी उद्यम प्रवर्द्धन, ठूला विकास आयोजनाको सहजीकरण, कानुन संशोधन र नयाँ विधेयक तर्जुमा प्राथमिकतामा राखिने बताइएको छ।

डा. वाग्ले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित, अन्तर्राष्ट्रिय अनुभवसम्पन्न र नीतिनिर्माणमा दक्ष व्यक्ति मानिन्छन्, जसले नेपालको आर्थिक सुधारमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *