Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन्द्र प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा खुसीयाली, लड्डु बाँडियो

बालेन्द्र प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा खुसीयाली, लड्डु बाँडियो

महोत्तरी, १३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि उनका पुर्ख्यौली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले दिनभर खुसीयाली मनाएका छन्।

स्थानीयले यात्रु र सवारी साधन रोकी बधाई स्वरूप लड्डु खुवाएका थिए। युवाहरूले रकम संकलन गरी लड्डु बनाएका र सपथपछि वितरण गरेका थिए।

स्थानीय बद्रीनारायण साहले भने, “मधेशीया छौरा प्रधानमन्त्री बइनगेलै त सब खुसी है। देशमा बढेको भ्रष्टाचार बालेन्द्रले अन्त गर्ने हाम्रो विश्वास छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *