महोत्तरी, १३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि उनका पुर्ख्यौली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले दिनभर खुसीयाली मनाएका छन्।
स्थानीयले यात्रु र सवारी साधन रोकी बधाई स्वरूप लड्डु खुवाएका थिए। युवाहरूले रकम संकलन गरी लड्डु बनाएका र सपथपछि वितरण गरेका थिए।
स्थानीय बद्रीनारायण साहले भने, “मधेशीया छौरा प्रधानमन्त्री बइनगेलै त सब खुसी है। देशमा बढेको भ्रष्टाचार बालेन्द्रले अन्त गर्ने हाम्रो विश्वास छ।”


