काठमाडौं, १३ चैत। चौधरी ग्रुपले मेरिअट इन्टरनेसनलसँग साझेदारीमा नेपालमा प्रतिष्ठित लक्जरी होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ ल्याउने घोषणा गरेको छ।
रिट्ज-कार्लटन काठमाडौं परियोजनाको लागत करिब १५ अर्ब रुपैयाँ रहने अनुमान छ र सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। परियोजनामा १५० कोठासहित अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो निर्माण हुनेछ।
चौधरी ग्रुपका अनुसार यो लगानी रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र नेपालको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


