Friday, June 05, 2026
Home > मुख्य समाचार > ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग

काठमाडौँ – जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।

शनिबार बिहान पक्राउ परेका दुवै नेतालाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो। ‘जेनजी’ आन्दोलनका क्रममा भएको ज्यान सम्बन्धी कसुरको अभियोगमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। अदालतमा लेखकलाई भौतिक रूपमा उपस्थित गराइएको थियो भने ओलीलाई भर्चुअल माध्यमबाट पेश गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *