Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अदालतमा ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

अदालतमा ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

काठमाडौं, १६ चैत २०८२ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।

ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

शनिबार पक्राउ परेका दुवै नेताका पत्निहरुले निवेदन दर्ता गराएका हुन्। ओली हाल त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा छन्।

उनीहरु भदौ २३ का घटनामा दमन आरोपमा जेनजी आयोगको सिफारिसअनुसार पक्राउ परेका थिए। अदालतले अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *