काठमाडौँ — रवि लामिछानेसँग सम्बन्धित राहदानी दुरुपयोग मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दा पेश भएको हो।
यो रिट युवराज पौडेलले दायर गरेका हुन्, जसमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको छ। महान्यायाधिवक्ताको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै अन्तरिम आदेशसमेत माग गरिएको छ।
यसअघि सर्वोच्चले पटक–पटक फाइल झिकाउन आदेश दिएको थियो, र अहिले सोही मुद्दामा थप सुनुवाइ अघि बढेको हो।


