Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाको नयाँ रणनीति: विज्ञ सांसदलाई मन्त्रालयको जिम्मेवारी

रास्वपाको नयाँ रणनीति: विज्ञ सांसदलाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं, चैत १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई उनीहरूको विषय विज्ञताका आधारमा विभिन्न मन्त्रालयहरूमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, सांसदहरूलाई ‘भविष्यको मन्त्री’ का रूपमा तयार पार्न र सरकारी कामलाई चुस्त बनाउन यो अवधारणा ल्याइएको हो।

सांसदहरूलाई मन्त्रालयको कार्यशैली सिकाउन ‘तालिम’ स्वरूप खटाइने भएको छ।

सम्बन्धित विषयमा दखल भएका सांसद र केन्द्रीय विभागका सदस्यहरूले मन्त्रीलाई कार्यसम्पादनमा सहयोग गर्ने बताएको छ।

प्रधानमन्त्री बालेन शाहले पनि आज सिंहदरबारमा सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरिरहनुभएको छ।

गत फागुन २१ को निर्वाचनपछि १३ चैतमा बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *