Friday, June 05, 2026
Home > मुख्य समाचार > संसद् अधिवेशन बोलाउने तयारी, १९ चैतमा पहिलो बैठक प्रस्ताव

संसद् अधिवेशन बोलाउने तयारी, १९ चैतमा पहिलो बैठक प्रस्ताव

काठमाडौं — सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी गरेको छ। आज बस्ने मन्त्रीपरिषद् बैठकले दुवै सदनको बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

२१ फागुनको निर्वाचनपछि पहिलोपटक अधिवेशन बोलाउन लागिएको हो। संसद् सचिवालयले १९ चैतमा पहिलो बैठक राख्ने प्रस्ताव गरेको छ, जुन सरकारकै सल्लाहमा तय गरिएको बताइएको छ।

यस अधिवेशनबाट सभामुख र उपसभामुख चयन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *