काठमाडौं — ललितपुर जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ गरेको छ।
पक्राउ परेकाहरुले फास्ट ट्रयाकमा काम गरिदिने बहानामा सेवाग्राहीबाट रकम असुल्दै आएका थिए। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।


