Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, साइबर ब्युरोमा उजुरी

हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

रास्वपा समर्थक भनिएकी सुनिता खड्काले टिकटकमार्फत धम्की दिएको आरोप लगाउँदै साम्पाङले उनलाई पक्राउ गरी कारबाही गर्न तथा आफ्नो परिवारको सुरक्षाको माग गरेका छन्। उनले भिडियो र फोटो प्रमाणसमेत बुझाएको बताएका छन्।

प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका बेला आफूलाई यस्तो धम्की आएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *