Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्सेमा दोहोरो अंकको सुधार: १९.७० अंकले बढ्यो बजार

नेप्सेमा दोहोरो अंकको सुधार: १९.७० अंकले बढ्यो बजार

लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेप्से परिसूचक १९.७० अंक (०.६९%) ले बढेर २,८५१.०९ विन्दुमा पुगेको छ।

आज कारोबारमा आएका १९५ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

आज २ करोड ७९ लाख ४२ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री भए।

कारोबारमा आएका १३ मध्ये सामुहिक लगानी कोष र ‘अन्य’ बाहेक सबै उपसमूहको सूचक बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *