अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण’ र ‘गैरकानुनी’ ठहर गर्दै नेकपा (एमाले) ले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले चैत २५ देखि वैशाख १२ गतेसम्मका विरोध कार्यक्रम तय गरेको हो।
एमालेले चैत २५ सम्म सबै जिल्लाहरूमा बृहत् कार्यकर्ता भेला गर्ने,चैत २८ गते देशभरका सबै पालिकास्तरमा विरोध प्रदर्शन गर्ने,वैशाख ३ र ७ गते प्रदेशस्तरीय विशाल विरोध प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानी काठमाडौँ केन्द्रित विरोध प्रदर्शन र जनसभा गर्ने भएको छ ।
जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओली रहेको भन्दै जाँचबुझ आयोगको सिफारिसमा उनलाई शनिबार पक्राउ गरिएको थियो। एमालेले यसलाई राजनीतिक प्रतिशोध भन्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय गरेको छ।


