काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नयाँ शुल्कदर सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को साउन २६ को निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क लागू गरिएको हो।
संक्षेपमा शुल्कदर:
हलुका सवारी (कार, भ्यान, पिकअप, माइक्रोबस):
काठमाडौँ प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ
मिनी बस / मिनी ट्रक:
प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ
बस / ट्रक (सिङ्गल रियर एक्सल):
प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ
मल्टी एक्सल ट्रक तथा भारी उपकरण:
प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ
सरकारले सुरुङमार्गको प्रयोगबापत उक्त दस्तुर निर्धारण गरेको जनाएको छ।


