Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानमा अमेरिकाको भीषण हमला: युद्ध विनाशकारी मोडतर्फ

इरानमा अमेरिकाको भीषण हमला: युद्ध विनाशकारी मोडतर्फ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन हमला नगर्ने घोषणा गरेको केही दिनमै इरानमाथि भीषण आक्रमण भएपछि पश्चिम एसियाको तनाव उत्कर्षमा पुगेको छ।
अमेरिकाले इरानको इफहानस्थित हतियार भण्डारमा २ हजार पाउण्डको ‘बंकर बस्टर’ बम प्रहार गरेको छ, जसले भूमिगत संरचनाहरू ध्वस्त पारेको छ।
यो हमलासँगै हिज्बुल्लाह र हुथी विद्रोही पनि सक्रिय रूपमा युद्धमा सामेल भएका छन्। हिज्बुल्लाहले इजरायली एयर डिफेन्स सिस्टम नष्ट गरेको दाबी गरेको छ।
इजरायलले तेहरान विश्वविद्यालय र लेबनानका मानव बस्तीमा हमला जारी राखेको छ। यसै क्रममा लेबनानमा ३ जना राष्ट्रसंघीय शान्ति सैनिकको समेत मृत्यु भएको छ।
घटनाको गम्भीरतालाई हेर्दै फ्रान्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक माग गरेको छ।
अमेरिकाभित्र ट्रम्पविरुद्ध ९० लाख नागरिक सडकमा उत्रिएको अवस्थामा, सो आन्दोलनबाट ध्यान मोड्न यो हमला गरिएको हुनसक्ने विश्लेषण गरिएको छ। उता इरानले अब अमेरिकी र इजरायली कमान्डरहरूलाई लक्षित गरी ‘टार्गेट किलिङ’ गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *