काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।
उनीसँगै प्रतिस्पर्धामा उत्रिन खोजेका सुहाङ नेम्वाङ ले प्रस्तावक–समर्थक जुटाउन नसकेपछि अन्तिम समयमा उम्मेदवारी नदिँदा थापा एकल उम्मेदवार बने।
निर्धारित समयभित्र थापाको मात्र मनोनयन परेपछि उनी निर्विरोध चयन भएको निर्वाचन विभागले जनाएको छ।


