काठमाडौं । राप्रपा परित्याग गरेका धवलशमशेर राणा ले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्।
पार्टी नेतृत्वले सुधार र महाधिवेशनप्रति चासो नदेखाएको आरोप लगाउँदै उनले राप्रपा छोड्नु आफ्नो राजनीतिक जीवनको कठिन निर्णय भएको बताए।
राणाले राजासहितको प्रजातन्त्रको एजेन्डा बोकेको सशक्त राष्ट्रवादी पार्टी निर्माणका लागि नयाँ यात्रा सुरु गर्ने बताएका छन्।


