Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वीर अस्पतालमा ढिला पुग्दा आधा दिन बिदा, हाजिरीमा कडाइ

वीर अस्पतालमा ढिला पुग्दा आधा दिन बिदा, हाजिरीमा कडाइ

काठमाडौं – वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्दै ढिला आउने कर्मचारीलाई आधा दिनको बिदा मान्ने निर्णय गरेको छ। ढिला हुने वा अनुपस्थित हुने अवस्थामा सम्बन्धित विभागमार्फत प्रशासनलाई जानकारी दिन अनिवार्य हुनेछ।

कार्यालय समय वैशाख १ देखि बिहान ९ बजे–साँझ ५ बजे र कात्तिक १५–माघ १५ बीच बिहान १० बजे–साँझ ४ बजे कायम गरिनेछ।

अस्पतालको सेवा सुधार, अनुशासन र व्यवस्थापन सुदृढीकरणका लागि १४ वटा निर्णय गर्दै क्लिनिनेन्स र अटेन्डेन्स अडिट समिति गठन गरिएको छ। ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा खटिने कर्मचारीलाई कार्यसम्पादनअनुसार प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरिएको छ।

निर्देशक डा. दिलीप शर्माका अनुसार यी कदमले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *