काठमाडौं । नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओली को पक्राउको विषय प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ।
प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले पक्राउप्रति आपत्ति जनाउँदै रिहाइको माग गर्ने योजना बनाएको हो। आजको बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ले यसबारे धारणा राख्ने बताइएको छ।
एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै संसद्भित्रै विरोध जनाउने जनाएको छ।


