Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु

काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु

काठमाडौं महानगरपालिका ले साझा यातायात सँग सहकार्य गर्दै २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।

सुरुमा दुई रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन्, जसले प्रमुख अस्पतालहरू र अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्नेछन्। सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछ, र बसहरू हरेक २० मिनेटमा उपलब्ध हुनेछन्।

यात्रु सुरक्षाका लागि बसमा सीसीटिभी क्यामेरा र नगर प्रहरीको व्यवस्था गरिनेछ। महानगरले यो सेवा सस्तो, सुरक्षित र सहज यातायातको विकल्प प्रदान गर्ने लक्ष्यसहित सुरु गर्न लागेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *