Friday, June 05, 2026
Home > स्थानीय समाचार > २२ वर्ष फरार रहेका हत्याका दोषी पक्राउ

२२ वर्ष फरार रहेका हत्याका दोषी पक्राउ

विराटनगर । मोरङको बेलबारीका हत्याका दोषी ५५ वर्षीय कमलप्रसाद दाहाल २२ वर्षपछि पक्राउ परेका छन्।

२०६१ सालमा अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो। फरार रहेका दाहालले झुटो परिचय प्रयोग गरेर एकपटक प्रहरीबाट उम्किन सफल भएका थिए।

लामो अनुसन्धानपछि प्रहरीले उनको वास्तविक पहिचान पुष्टि गर्दै घरबाटै पक्राउ गरेको हो। अदालतमा उपस्थित गराइएका दाहाललाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *