Friday, June 05, 2026
Home > स्थानीय समाचार > मिलापत्रपछि तीन दिनमै पत्नीको हत्या

मिलापत्रपछि तीन दिनमै पत्नीको हत्या

कालीकोटको नरहरिनाथ–३ मा एक महिलाको आफ्नै पतिबाट हत्या भएको छ। २७ वर्षीया मनपुरा अधिकारी (बुढा) लाई उनका २९ वर्षीय पति काशीराम बुढाले बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

मनपुराले पटक–पटक कुटपिट भएपछि चैत १३ गते प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले मिलापत्र गराएर दुवैलाई सँगै बस्ने सहमति गराएको थियो। तर, मिलापत्र भएको तीन दिनमै, चैत १५ गते राति मदिरा सेवन गरेका काशीरामले आक्रमण गर्दा मनपुराको ज्यान गएको हो।

प्रहरीले आरोपी काशीरामलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *