काठमाडौं — केपी शर्मा ओलीसँग अस्पतालमै बयान लिन सुरु गरिएको छ। जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
चिकित्सकको सिफारिसअनुसार बाहिर लैजान नमिल्ने भएपछि अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिइरहेका छन्।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका रमेश लेखकको बयान भने पूरा भइसकेको प्रहरीले जनाएको छ।


