Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसदमा न्यायपालिका विवाद, एमालेको विरोध

संसदमा न्यायपालिका विवाद, एमालेको विरोध

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल माथि रास्वपा सांसदहरूले उठाएको प्रश्नप्रति संसद्मा आपत्ति जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटा ले मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमाले सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

एमाले सांसदहरूले अदालतसँग सम्बन्धित विचाराधीन विषय संसद्मा उठाइएको भन्दै आपत्ति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *