काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा अदालतमा सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।
न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले लामिछानेको माग अनुसार आदेश जारी गरेको हो। अब उनले तारेखका लागि अदालतमा उपस्थित हुनुपर्ने छैन। लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।


