Friday, June 05, 2026
Home > खेलकुद समाचार > विराट गोल्डकप चैत २८ देखि, आठ टोली प्रतिस्पर्धा

विराट गोल्डकप चैत २८ देखि, आठ टोली प्रतिस्पर्धा

विराटनगर — सहिद मैदानमा हुने ३८औँ विराट गोल्डकप चैत २८ देखि वैशाख ५ सम्म सञ्चालन हुने भएको छ। यस प्रतियोगितामा भारतको झारखण्ड टोलीसहित आठ टोली प्रतिस्पर्धा गर्नेछन्।

विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् भने मोरङको सम्राट स्पोर्टिङ क्लब नयाँ वर्षको पहिलो दिन झारखण्डसँग प्रतिस्पर्धा गर्नेछ।

नोवेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिता कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले प्रवर्द्धन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *