काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदका लागि रास्वपाका डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाको दुई तिहाइ नजिक बहुमत रहेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना उच्च रहेको छ। उम्मेदवारको अन्तिम सूची आज साढे २ बजे प्रकाशन गरिनेछ।
निर्वाचन प्रक्रिया आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।


