Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ४० हजार घुससहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

४० हजार घुससहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

जनकपुर — धनुषाको लालगढ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी इन्सपेक्टर ओकिल अधिकारी ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सडक निर्माणमा संलग्न सवारीबाट रकम असुल्ने उजुरीपछि उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *