Friday, June 05, 2026
Home > आर्थिक समाचार > लुम्बिनीमा ८४८ सहकारीमध्ये ३३ संकटमा, नियमन कमजोर

लुम्बिनीमा ८४८ सहकारीमध्ये ३३ संकटमा, नियमन कमजोर

रुपन्देही — लुम्बिनी प्रदेशमा रहेका ८ सय ४८ सहकारीमध्ये ३३ वटा समस्याग्रस्त रहेको पाइएको छ। कर्मचारी अभावका कारण सहकारी नियमन कमजोर भएको बताइएको छ।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न ४ विधामा उत्कृष्ट काम गर्ने ५ सहकारीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको छ।

सहकारी रजिस्ट्रार कार्यालयमा परेका उजुरीअनुसार ८ सहकारीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ भने १२ वटा अनुसन्धानका लागि प्रहरीमा पठाइएका छन्। ७ सहकारीसँग बचत फिर्ताका लागि सम्झौता भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले गलत नियतका केही सहकारीका कारण समग्र क्षेत्र बदनाम भएको भन्दै कडा नियमन आवश्यक रहेको बताए। उनले सहकारीलाई जनताको भरपर्दो आर्थिक आधार बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *