Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हनी ट्र्याप प्रकरण: तुल्सा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

हनी ट्र्याप प्रकरण: तुल्सा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं — जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुल्सा अधिकारीसहित १० जनाविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता गरेको छ।

अनुसन्धान अनुसार तुल्साले ‘हनी ट्र्याप’ मार्फत कुमार चिमोरियाबाट करिब ४ करोड ५० लाख रुपैयाँ असुलेकी थिइन् भने आपराधिक लाभबाट ६ करोड ५२ लाखभन्दा बढी रकम आर्जन गरेको आरोप छ।

उक्त रकम ‘तुल्सा कलेक्सन’ नामक कम्पनीमार्फत वैधानिक देखाउन र कर छल्न प्रयास गरिएको पनि अभियोगपत्रमा उल्लेख छ।

प्रकरणमा भारतीय नागरिकसहित अन्य ९ जनाको संलग्नता देखिएको छ भने सबै प्रतिवादी फरार रहेका छन्।

तुल्सा सामाजिक सञ्जालमा सक्रिय रहँदै चीनबाटै मुद्दाबारे अफवाह फैलाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *