नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्न निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन मिति तय गरेको हो। सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरिएको छ। अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्का दलको नेताका लागि दाबी गरेका छन्।


