Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गगन थापाद्वारा सर्वोच्चमा जवाफ: देउवा–खड्काको रिट ‘अवैध’

गगन थापाद्वारा सर्वोच्चमा जवाफ: देउवा–खड्काको रिट ‘अवैध’

काठमाडौँ – नेपाली कांग्रेस सभापति गगनकुमार थापाले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट आफ्नो पक्षमा नभएको भन्दै सर्वोच्च अदालतमा जवाफ पेश गरेका छन्।

जवाफमा थापाले भनेका छन् विशेष महाधिवेशन बाध्यात्मक अवस्थामा आयोजित भएको र त्यसले नयाँ केन्द्रीय कार्यसमितिको गठन वैधानिक रूपमा सम्पन्न गरेको छ। देउवा–खड्कालाई रिट दायर गर्ने अधिकार नभएको, पार्टी विधान र संविधान अनुसार महाधिवेशन सर्वोच्च निकाय भएको र यसको निर्णय चुनौती दिन नसकिने उल्लेख गरिएको छ।

थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदिप पौडेलले पनि समान तर्कसहित अदालतमा जवाफ पेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *