नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका बाबजुद भाडा नसमायोजन गरिएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएको छ। महासंघका अनुसार, यात्रुवाहक र मालवाहक सवारीमा वैज्ञानिक विधिअनुसार भाडा बढाउने सिफारिस गरिसक्दा पनि मन्त्रालयले निर्णय नगरेको छ। सरकारले तत्काल निर्णय नगरे व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा भाडा वृद्धि गर्ने जनाइएको छ।


