Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली र लेखकको पक्राउबारे वकिलको तर्क: प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा गरियो

ओली र लेखकको पक्राउबारे वकिलको तर्क: प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा गरियो

काठमाडौं, २२ चैत २०८२ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबिरूद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ।

ओली र लेखकका वकिल वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालतमा दाबी गरे कि उनीहरूलाई प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको निर्देशनमा, विधि-प्रक्रिया नपुगी पक्राउ गरिएको हो। उनले भने, “पक्राउ पुर्जी जारी गर्दा कसको जाहेरीका आधारमा गरिएको भन्ने कुरा खुलाइएको छैन।”

भट्टराईले थपे, “दुवै व्यक्तिहरू सुरक्षाको घेरामा रहेका थिए, त्यसैले पक्राउको कारण स्पष्ट छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *