Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसभित्रै संकट: मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव

कांग्रेसभित्रै संकट: मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव

कैलाली, जेठ १९ — कमलबहादुर शाह विरुद्ध उनकै दल नेपाली कांग्रेस का सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

प्रदेशसभामा रहेका कांग्रेसका १७ सक्रिय सांसदमध्ये ९ जनाले हस्ताक्षर गर्दै प्रस्ताव दर्ता गराएका हुन्। लामो समयदेखि मुख्यमन्त्रीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका सांसदहरूले नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए।

मुख्यमन्त्री शाहले बहुमत समर्थन नरहे पद छाड्ने संकेत दिएपछि अविश्वास प्रस्ताव औपचारिक रूपमा अघि बढाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *