Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी कार्यालयको समय अब बिहान ९ देखि साँझ ५ बजेसम्म

सरकारी कार्यालयको समय अब बिहान ९ देखि साँझ ५ बजेसम्म

काठमाडौं, २२ चैत २०८२ – सरकारले अबदेखि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयका लागि यो समय लागू गर्ने निर्णय गरेको हो।

त्यसैगरी, सरकारले २३ चैतदेखि शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ। यो निर्णय पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आएको कारण गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *