Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इरानमा पक्राउ परेका अमृत झाको मुद्दा अदालतमा विचाराधीन

इरानमा पक्राउ परेका अमृत झाको मुद्दा अदालतमा विचाराधीन

काठमाडौं, २२ चैत – उदयपुरका ३३ वर्षीय नेपाली अमृत झाको मुद्दा इरानी अदालतमा विचाराधीन रहेको छ। झा यूएईस्थित कम्पनीको पानीजहाजमा चालकदल सदस्य थिए र ‘स्ट्रेट अफ होर्मुज’ नजिकै इरानी सुरक्षा निकायले उनलाई नियन्त्रणमा लिएको थियो।

परराष्ट्र मन्त्रालयले झाको अवस्था सामान्य र सुरक्षित रहेको जनाएको छ। अदालतको फैसला जारी नभएसम्म कुनै पूर्वानुमान गर्न नसकिने बताइएको छ। नेपाल सरकारले इरानमा कूटनीतिक पहल जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *