काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक लाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालत मा आज (सोमबार) पुनः सुनुवाइ हुँदैछ ।
आइतबार सुरु भएको सुनुवाइ समय अभावका कारण स्थगित भएपछि आज निरन्तर सुनुवाइ हुन लागेको हो । दुवै नेताका पत्नीले गैरकानुनी थुनामा राखिएको भन्दै रिट दायर गरेका हुन् ।
यसअघि अदालतले कारण देखाउ आदेश जारी गर्दै सम्बन्धित निकायसँग पक्राउको आधार मागिसकेको छ । आजको सुनुवाइबाट आउने निर्णयतर्फ राजनीतिक वृत्तको चासो केन्द्रित छ ।


