एजेन्सी । इरान ले अमेरिका र इजरायलबाट सैन्य आक्रमण बढेमा विश्वव्यापी ऊर्जा र व्यापार आपूर्ति मार्ग अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
सर्वोच्च नेता आयातुल्लाह अली खामेनी का सल्लाहकार अली अकबर वेलायातीले होर्मुज र बाब–एल–मन्देबजस्ता रणनीतिक समुद्री मार्ग लक्षित हुन सक्ने बताएका छन् ।
यसले मध्यपूर्वको तनाव थप बढ्ने र विश्व ऊर्जा बजारमा अनिश्चितता गहिरिने संकेत दिएको छ ।


