कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका करार कर्मचारी दुर्गादीन कुर्मी पक्राउ परेका छन्। उनले बुद्धभूमि नगरपालिका–२ का कमलप्रसाद भट्टराईसँग जग्गा फुकुवा गरिदिने बहानामा २ हजार रुपैयाँ असुलेको आरोप छ।
सेवाग्राहीको मौखिक उजुरीपछि प्रहरी टोलीले कुर्मीलाई रकमसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार उनीमाथि ठगी, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रहरीले सरकारी कार्यालयमा हुने यस्ता अवैध असुलीविरुद्ध निगरानी कडा पारिएको जनाएको छ।


